प्रदेशसभामा चुनाव लडेका कुशवाहा एकीकृत समाजवादीमा प्रवेश


eShilalekh

१९ आश्विन २०८०, शुक्रबार २०:१७

सिमराः बारा क्षेत्र नं. ४(१) बाट मधेस प्रदेशसभा सदस्य पदमा चुनाव लडेका जीतपुरका युवा व्यवसायी सन्तोष कुशवाहा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मेची महाकाली अभियान अन्तर्गत आयोजित कार्यक्रममा कुशवाहा समाजवादी प्रवेश गरेका हुन् ।

उनि गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट चुनाव लडेका थिए । उक्त निर्वाचनमा चार हजार दुई १७ मत प्राप्त गर्दै उनि तेस्रो भएका थिए ।

कुशवाहालाई एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । उक्त कार्यक्रममा बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठलगायत सहभागी थिए ।

मेची महाकाली समाजवादी जागरण अभियान अन्तर्गत एकीकृत समाजवादीले बाराको विभिन्न स्थानमा भेला तथा सभासमेत सम्पन्न गरेको छ । अभियानमा समाजवादीका बरिष्ठ नेता झलनाथ खनालसहित रामकुमारी झाक्री, राजेन्द्र पाण्डेलगायतका नेता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्