एमालेको मधेस अधिवेशनः सचिवसहित प्रदेश कमिटीमा बाराका ३० जना निर्वाचित


eShilalekh

२८ आश्विन २०८०, आईतवार ०१:४६

सिमराः नेकपा एमाले मधेस प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । असोज २४ गतेदेखि सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन गरिएको अधिवेशनले सिरहाका चण्डेश्वर मण्डलको अध्यक्षतामा नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी र महम्मद कैस चयन भएका छन् ।

पदाधिकारीमा दोस्रो पटक जिम्मेवारी पाउने भण्डारी मात्रै हुन् । उनि यसअघि रामअवतार यादवको नेतृत्वमा गठित प्रदेश कमिटीमा पनि उपसचिवको जिम्मेवारीमा थिईन् ।

सचिवमा पौडेल
प्रदेश कमिटीमा बाराका मनोज पौडेल निर्विरोध निर्वाचित भएका छन् । उनि यसअघि मधेस प्रदेश कमिटीको सदस्य र मधेस प्रदेशको युवा तथा खेलकुद विभागका प्रमुख थिए । जिल्लामा उनले प्रचार विभागको जिम्मेवारीमा रहेर समेत काम गरेका छन् ।
मधेस प्रदेश कमिटीमा बाराले सचिव पाएको दोस्रो पटक हो ।

यसअघि जीतपुरसिमराको नगर प्रमुख रहदा डा. कृष्ण पौडेलले प्रदेश कमिटीको सचिव पदको जिम्मेवारी दिइएको थियो ।मधेस प्रदेश कमिटीको जिम्मेवारीमा रहेकै बेला डा. पौडेलको असोज २५ गते हृदयघातका कारण निधन भएको छ । जनकपुरमा प्रदेश अधिवेशन चलिरहदा पौडेलको जीतपुरसिमरा २ स्थित आफ्नै निवासमा निधन भएको हो ।

बाराबाट सचिवसंगै अन्य २९ जना सदस्य निर्वाचित भएका छन् । खुल्लातर्फ प्रदेश कमिटी सदस्यमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, मधेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठ, पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवार, निजगढ नगरपालिकाकी पूर्व नगर उपप्रमुख लिलादेवी लामिछाने, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्की, उमेश प्रसाद साह (गुप्ता), धर्मदेवप्रसाद यादव, किशोर शर्मा, ढुण्डीराज उप्रेती, सुदर्शनप्रसाद कोईराला, अम्बिका चौलागाईं, राजेशप्रसाद साह र सुनिल पाल निर्वाचित भएका छन् ।

खुल्ला सदस्य महिलामा सीता सुवेदी, बन्दना सिंह, झमककुमारी खत्री (केसी), दुर्गा कुमारी घिमिरे कोईराला र जीतपुरसिमराकी पूर्व कार्यपालिका सदस्य सुभद्रा लम्साल न्यौपाने चयन भएका छन् ।

अधिवेशनले जनजाती खुल्लातर्फ मधेस प्रदेशसभा सदस्य त्रिलोकीप्रसाद चौधरी, महिलामा पूर्व मधेस प्रदेशसभा सदस्य सीता गुरुङ, दलित खुल्लामा पूर्व मधेस प्रदेशसभा सदस्य सुन्दर विक र रामनाथ बैठालाई चयन गरेको छ भने दलित महिलामा अञ्जु नेपाली चयन भएकी छिन् ।

यसैगरी मुस्लिम खुल्लामा महम्मद रफिक मिया र राजमहम्मद राय चयन भएका छन् भने मुस्लिम महिलामा कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन परविन चयन भएकी छिन् ।

युवातर्फबाट प्रदेश कमिटी सदस्यमा मोबिन आलम र अशोककुमार तिवारी निर्वाचित भएका छन् । तिवारी कलैया उपमहानगरपालिका वडा नं. २७ का वडाध्यक्ष हुन् । युवा महिलाबाट पनि वडाध्यक्ष चयन गुरुङ निर्वाचित भएकी छिन् । गुरुङ जीतपुरसिमरा वडा नं. १४ की वडाध्यक्ष हुन् ।

बाराबाट प्रदेश कमिटीमा निर्वाचित हुने पदाधिकारी र सदस्यको नामावलीः

सचिवः मनोज पौडेल

खुल्ला सदस्यः
देवनारायण चौधरी (मधेस प्रदेशसभा सदस्य ४ (१) )
रवीन्द्र दास श्रेष्ठ (मधेस प्रदेशसभा सदस्य ३(१) )
जलन्धर सिंह जैसवार (नगर प्रमुख, पचरौता नगरपालिका)
लिलादेवी लामिछाने खनाल (पूर्व नगर उपप्रमुख, निजगढ नगरपालिका)
ताराबहादुर कार्की (वडाध्यक्ष, जीतपुरसिमरा ३ )
उमेश प्रसाद साह (गुप्ता)
धर्मदेवप्रसाद यादव
किशोर शर्मा
ढुण्डीराज उप्रेती
सुदर्शनप्रसाद कोईराला
अम्बिका चौलागाईं
राजेशप्रसाद साह
सुनिल पाल

खुल्ला महिलाः
सीता सुवेदी
बन्दना सिंह
झमककुमारी खत्री (केसी)
दुर्गा कुमारी घिमिरे कोईराला
सुभद्रा लम्साल न्यौपाने (पूर्व कार्यपालिका सदस्य, जीतपुरसिमरा)

जनजाती खुल्लाः
त्रिलोकीप्रसाद चौधरी (मधेस प्रदेशसभा सदस्य)

जनजाती महिलाः
सिता गुरुङ (पूर्व मधेस प्रदेशसभा सदस्य)

दलित खुल्लाः
सुन्दर विक (पूर्व मधेस प्रदेशसभा सदस्य)
रामनाथ बैठा

दलित महिलाः
अञ्जु नेपाली

मुस्लिम खुल्लाः
महम्मद रफिक मिया
राजमहम्मद राय

मुस्लिम महिलाः
रौशन परविन (उपप्रमुख, कलैया उपमहानगरपालिका)

युवा खुल्लाः
मोबिन आलम
अशोककुमार तिवारी (वडाध्यक्ष, कलैया २७)

युवा महिलाः
चयन गुरुङ (वडाध्यक्ष, जीतपुरसिमरा १४ )

प्रतिक्रिया दिनुहोस्