जीतपुरसिमरा १६ को घोषणाः उच्च शिक्षा अध्ययन गर्न चाहने पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति


eShilalekh

२२ कार्तिक २०८०, बुधबार १२:२६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को कार्यालयले आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

आर्थिक अभावले स्नातक तहको अध्ययन छाडेका वा पढ्न नपाएका विद्यार्थीमध्ये पाँच जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय वडा कार्यालयले गरेको हो ।

वडाध्यक्ष हरिदेव खरेलले एक सूचना जारी गर्दै वडाभित्र बसोबास गर्ने विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने चाहना भए सम्पर्क गर्न आग्रह गरेका छन् । वडा कार्यालयमा सम्पर्क गर्ने विद्यार्थीमध्ये पाँच जनालाई अध्ययनका लागि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष खरेलको भनाई छ ।

खरेलका अनुसार डुमरवाना बहुमुखी क्याम्पसमा कुनै पनि संकायमा अध्ययन गर्न सकिनेछ । विद्यार्थीले आफूहले चाहेको संकायमा अध्ययन गर्न सक्ने र सोका लागि लाग्ने सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने वडाध्यक्ष खरेलले ईशिलालेखलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्