राष्ट्रिय युवा संघ नेपालको विस्तारित बैठक तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न


eShilalekh

२३ कार्तिक २०८०, बिहीबार १६:४२

श्रीराम रेग्मी

सिमराः राष्ट्रिय युवा संघ नेपाल जीतपुरसिमरा उपमहानगर कमिटिको विहिबार तेस्रो विस्तारित बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सिमरास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिसरमा दिपावली, नेपाल संवत् तथा छठपर्वको शुभकामना तथा बैठक सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बारा क्षेत्र नं. ३ की सांसद एवम् नेकपा एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साहले देश विकास गर्ने पार्टि एमाले मात्रै रहेको बताएकी छिन् । एमालेको सरकारले अघि सारेका राष्ट्र निर्माणको अभियान र योजनालाई गाउँगाउँ र सबै जनताका बीचमा पुर्याउन राष्ट्रिय युवा संघको भूमिका महत्वपूर्ण हुने साहले बताईन् ।

पूर्वमन्त्री समेत रहेकी साहले जाजरकोट र रुकुम पश्चिममा आएको भुकम्पका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार, राहत र पुननिर्माणका लागि सरकारको ध्यानाकर्षण समेत गराएकी छिन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभा सदस्य मोहम्मद समिर, प्रदेशसभा सदस्य एवम् मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, सदस्य सदस्य सुन्दर विक, ताराबहादुर कार्की, जिल्ला सचिवालय सदस्य कासिम हुसेन, नगर सचिव रत्न उप्रेती, युवा संघकी केन्द्रीय सदस्य भावना आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश सदस्य किशोर शर्मा, जिल्ला कमिटी उपसचिव अमृत शर्मा बजगाईं, जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, रमेश खरेल, सिमा ठकुरी, रुस्तम अन्सारी, युवा संघका केन्द्रीय सदस्य राम यादव, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष कैमुदिन अन्सारी, वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ता, वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु खाँ, वडा नं १३ का वडाध्यक्ष हेमनारायण चौधरी, एमाले वडा नं. २ का अध्यक्ष रविन्द्र खकुरेल, वडा नं. ३ का शुक्र श्रेष्ठ, वडा नं. ७ अध्यक्ष अनिल गुप्ता, वडा नं. १५ अध्यक्ष राजकुमार अर्याल, युवा संघका प्रदेश सदस्य ईश्वर थपलिया, राजकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

युवा संघ नगर कमिटी अध्यक्ष मोहम्मद आरिफ हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयुब खानले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्