ग्रासरुट फुटबल: न्यु एकता अन्तिम आठमा प्रवेश


eShilalekh

२४ मंसिर २०७८, शुक्रबार २१:०८

सिमरा : न्यु एकता इङलिस बोर्डिङ स्कुल सिमरामा जारी ग्रासरुट अन्तरविद्यालय फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा शुक्रबार भएको खेलमा बारा एकेडेमीलाई ४-० ले पराजित गर्दै न्यु एकता अन्तिम आठमा प्रवेश गरेको हो। 

न्यु एकताको जीतमा निरज रामले दुई गोल गरे भने सुजन खत्री र बब्लु पासवानले एक/एक गोल गरे । न्यु एकताका कौसुप श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । 

ग्रासरुट फाउण्डेसनले आयोजना गरेको प्रतियोगितामा शनिवारदेखी क्वाटरफाइनलका खेल सुरु हुनेछन् । प्रतियोगिता संयोजक सोनु क्षेत्रीका अनुसार पहिलो क्वाटरफाइनल खेलमा नेपाल राष्ट्रिय माध्यमिक विधालय, बकुलिया र एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीबीच खेल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्