उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ पर्व सम्पन्न (तस्वीर)


eShilalekh

४ मंसिर २०८०, सोमबार १०:००

सिमराः उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । श्रद्धापूर्वक मनाइने छठ पर्व सोमबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सम्पन्न भएको हो ।

छठको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा सामाग्रीसहित अर्घ्य दिएका ब्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घर फर्किने ब्रतालु सूर्य उदाउनु भन्दा अगाडीनै छठघाट पुग्ने गर्दछन् ।

पारिवारिक सुख, शान्ति, समृद्धि तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित सूर्यको उपासना गर्दै छठ पर्व मनाइन्छ । छठ पर्वका अवसरमा बाराका विभिन्न पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।

तराई मधेसमा मनाउने गरिएको छठ पर्व पछिल्लो समय देशभर श्रद्धापूर्वक मनाउन थालिएको छ । छठपर्वको पहिलो दिन नहाए खाए, दोस्रो दिन खरना पूजा, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ पर्व सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्