केपी ओली कपका लागि साहको कप्तानीमा मधेस प्रदेशको टिम घोषणा


eShilalekh

६ मंसिर २०८०, बुधबार ११:०८

सिमराः केपी ओली टी-२० कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने मधेस प्रदेशको टोली सार्वजनिक गरिएको छ । राष्ट्रिय टिमबाट खेलेका हरिशंकर साहको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

मधेसको कप्तानी सम्हाल्न लागेका साह धनुषाका हुन् । उनले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको अनुभव बटुलिसकेका छन् । उनिसंगै टिममा धनुषाका मयन यादव, बिशाल सुस्लिङ र हिमांशु दत्त परेका छन् । हिमांशु यु-१९ राष्ट्रिय टिमबाट खेलेका खेलाडी हुन् ।

यसैगरी राष्ट्रिय टिमबाट खेलेका अनिलकुमार साह र पवन सर्राफ समेत मधेसको टोलीमा छन् । साह र सर्राफ बाराका हुन् । सिरहाबाट राकेश कामत, पार्थिव यादव, रुपेश सिंह र प्रदीप पासवान टोलीमा परेका छन् ।

टोलीमा पर्साका इमरान शेख र सम्साद अंसारी, सर्लाहीका बिशाल पटेल, सप्तरीका रोहन विकलाई राखिएको छ । मधेस प्रदेशको टिम कोचमा सुनिल साह रहेको प्रदेश कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए ।

टिम मधेसः
हरिशंकर साह (धनुषा), अनिल कुमार साह (बारा), पवन सर्राफ (बारा) मयन यादव (धनुषा), विशाल सुस्लिङ (धनुषा), हिमांशु दत्त (धनुषा), इमरान शेष (पर्सा), सम्साद अंसारी (पर्सा), राकेश कामत (सिरहा), पार्थिव यादव (सिरहा), रुपेश सिंह (सिरहा), प्रदीप पासवान (सिरहा), रोहन विक (सप्तरी), विशाल पटेल (सर्लाही)

१२ टिमको सहभागिता, विजेतालाई पाँच लाख

मदन भण्डारी स्पोर्ट्स एकेडेमीलेले आयोजना गर्न लागेको प्रतियोगितामा सात प्रदेशका सात वटा टिम, विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दुई गरी १२ टिमको सहभागिता रहनेछ ।

मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोथिताको प्लेयर अफ टुर्नामेन्टले ३० हजार, उत्कृष्ट बलरले २० हजार र प्रत्येक खेलको प्लेयर अफ दि म्याचले पाँच हजार नगद प्राप्त गर्नेछन् । आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा ७७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्