एमाले सचिव भट्टराईको गाडीमा तोडफोड भएको घटनाको मधेस कमिटीद्धारा भर्त्सना


eShilalekh

११ मंसिर २०८०, सोमबार १५:४४

सिमराः नेकपा एमालेका सचिव एवम् मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराई सवार गाडीमा आक्रमण भएको घटनाको मधेस प्रदेश कमिटीले भर्त्सना गरेको छ । एमाले प्रदेश कमिटीका सचिव मनोज पौडेले प्रेस नोट जारी गर्दै ताप्लेजुङमा भएको उक्त घटनाको भर्त्सना गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका भट्टराईसहित एमाले सांसद उर्मिला थेवे र तिलकुमार मेन्याङ्बोलगायतका नेतामाथि पहिचान पक्षधरले गरेको आक्रमण सिंगो लोकतन्त्रमाथिको आक्रमण रहेको उल्लेख गर्दै पौडेलले अराजक गतिविधि त्याग्न आग्रह गरेका हुन् ।

पौडेलले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्