जीतपुरसिमरा उपमहानगरलाई सामाजिक सुरक्षा कोषको सम्मान


eShilalekh

११ मंसिर २०८०, सोमबार १५:५९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकालाई सामाजिक सुरक्षा कोषले सोमबार काठमाडौंमा सम्मान गरेको छ । छैठौं सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले उपमहानगरपालिकालाई सम्मान गरेको हो ।

सामाजिक सुरक्षा योजनालाई पालिका स्तरमा कार्यान्यवन तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पालिकाबाट सह–योगदान समेत गर्ने गरी सम्झौता गरेको भन्दै कोषले सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललाई सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सामाजिक सुरक्षा कोषका सञ्चालक समिति अध्यक्ष केवलप्रसाद भण्डारी, कोषका कार्यकारी निर्देशक कविराज अधिकारीलगायत सहभागी थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको रहेको सामाजिक सुरक्षा कोषले सिमरामा प्रदेश स्तरीय कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्