राष्ट्रिय युवा संघ नेपालमा बाराका चार जनाले पाए यी जिम्मेवारी..


eShilalekh

२२ मंसिर २०८०, शुक्रबार १२:३१

सिमराः राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीले पदीय जिम्मेवारी हेरफेर र कार्य विभाजन गरेको छ । संघले विहिबार सर्कुलर जारी गर्दै केन्द्रीय कमिटीमा रहेका पदाधिकारी र सदस्यको जिम्मेवारी हेरफेर र कार्य विभाजन गरेको हो ।

संघले गरेको कार्यविभाजनमा बाराका चार जनाले विभिन्न जिम्मेवारी पाएका छन् । संघको केन्द्रीय उपाध्यक्षमा रहेकी बाराकी सीता सुवेदीले महिला सशक्तीकरण अभियानको प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

यसैगरी केन्द्रीय सचिव मोबिन आलमले प्रकाशन विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । साथै उनले लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा सचिवको भूमिका निभाउनेछन् ।

संघको केन्द्रीय कमिटीमा रहेका तिलक घलान र लक्ष्मी आचार्य (भावना) लाई स्थायी कमिटीको जिम्मेवारी दिइएको छ । स्थायी कमिटीसंगै घलानले बारा इन्चार्जको भूमिका निभाउनेछन् भने आचार्यले मधेस प्रदेश सहइन्चार्जको जिम्मेवारीमा रहेर काम गर्नेछिन् ।

कार्यविभाजनसंगै संघले महंगी, भष्ट्राचार, सामाजिक अराजकतालगायत जनसरोकारका विषयमा केन्द्रीत रहेर सात वटै प्रदेशमा सभा गर्ने भएको छ । जसअनुसार मधेस प्रदेशको जनकपुरमा माघ १३ गते सभा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्