बारा क्रिकेट संघ र तुरुन्त कलबीच सम्झौता


eShilalekh

२५ पुष २०८०, बुधबार ०९:५२

सिमरा: बारा क्रिकेट संघ र तुरुन्त कल प्रालीबीच एक वर्षे सम्झौता भएको छ । कलैयामा आयोजित एक कार्यक्रममा दुबै संस्थाबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार बारा क्रिकेट संघले एक वर्ष आफ्नो जर्सीमा तुरुन्त कलको लोगो राख्नेछ भने जसवापत तुरुन्त कल प्रालीले एक लाख उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया र तुरुन्त कल प्रालीका अध्यक्ष सन्दीपकुमार जयसवालले हस्ताक्षर गरेका थिए । सम्झौतापछि तुरुन्त कलका अध्यक्ष जयसवालले व्यवसायिक सम्झौतालाई निरन्तरता दिने बताए ।

सम्झौता कार्यक्रममा मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवाल, बारा क्रिकेट संघका सचिव अनिल चौगाईं, पर्सा क्रिकेट संघका उपाध्यक्ष मुर्तुजा हवारी, कलैया क्रिकेट क्लबका कप्तान अनिलकुमार साहलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्