मनहर्वा गोल्डकपः आयोजकलाई पन्छाउदै वीरगन्ज युनाईटेड फाइनलमा


eShilalekh

१७ माघ २०८०, बुधबार २०:३९

सिमराः आयोजक मौवा देवी यूवा क्लबलाई स्तब्ध पार्दै वीरगनज युनाईटेड क्लब तेस्रो मनहर्वा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी मैदानमा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजकलाई २–० ले पन्छाउदै वीरगन्ज अन्तिम दुईमा प्रवेश गरेको हो ।

वीरगन्जको जीतमा अमर डंगोल र सागर चौधरीले समान एक/एक गोल गरे । खेलको १८औं मिनेटमा अमरको गोलबाट अग्रता लिएको वीरगन्जका लागि सागरले ७३औं मिनेटमा दोस्रो गोल गरेका थिए । वीरगन्जका अमर खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत विहीबार साविक विजेता नवदुर्गा युवा क्लब सिमरा र हेटौंडा रिगल रिसोर्टबीच खेल हुनेछ । क्वाटरफाइनल खेलमा हेटौंडाले रौतहटमाथि र नवदुर्गाले बागमतीमाथि समान ५–१ को फराकिलो जीत निकालेका थिए ।

माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल २० गते हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्