माओवादीले चलाएको हिंसा राष्ट्रिय उत्सव बन्न सक्दैनः ओली


eShilalekh

२५ माघ २०८०, बिहीबार १८:०८

सिमराः नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धका नाममा माओवादीले चलाएको हिंसालाई राष्ट्रिय उत्सवका रुपमा मनाउने सरकारको निर्णय गलत रहेको बताएका छन् ।

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरेको प्रशंगमा बिहीवार सिमरा विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिदै ओलीले माओवादी नेतृत्वको अनुचित निर्णय खारेज भएको बताए ।

‘जनयुद्ध दिवसका नाममा विदा दिने निर्णयले द्धन्दको भावना कायम राख्ने र द्धन्दकालिन पीडितको मन अझै फटाउने काम भईरहेको थियो’ ओलीले भने ‘माओवादीले चलाएको हिंसा राष्ट्रको उत्सव बन्दैन थियो ।’

जनयुद्धबाट देशले महान सफलता प्राप्त गर्न नसकेको भन्दै एमाले अध्यक्ष ओलीले उक्त दिवसका दिन विदा दिने निर्णय माओवादी नेतृत्वको उत्ताउलोपना रहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्