तेक्वान्दो प्रशिक्षक श्रेष्ठले सम्हाले खेलकुद विकास समिति प्रमुखको जिम्मेवारी


eShilalekh

१ फाल्गुन २०८०, मंगलवार १६:१५

कलैयाः तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठले मंगलबार जिल्ला खेलकुद विकास समिति बाराको प्रमुखको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले प्रमुखमा नियुक्त गरेसंगै श्रेष्ठले पदीय जिम्मेवारी सम्हालेका हुन् ।

निजगढका श्रेष्ठले एक कार्यक्रमकाबीच कलैयास्थित कार्यालयमा पदभार ग्रहण गरेका थिए । परिषद्ले माघ १६ गते श्रेष्ठलाई समितिको प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । परिषद्ले उक्त निर्णय भएको व्यहोरा उल्लेख गर्दै माघ १७ गते श्रेष्ठलाई प्रमुखमा नियुक्त भएको जानकारी पत्रमार्फत गराएको थियो ।

उक्त निर्णय अनुसार अनुसार अधिकृत तृतीय प्राविधिक तहका तेक्वान्दो प्रशिक्षक श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सदस्य मुक्ति यादव, जिल्ला कोषाध्यक्ष अनु बस्नेत, समितिका निमित्त प्रमुख हरिशंकर चौधरी, कर्मचारी तथा प्रशिक्षक बम्हदेवप्रसाद यादव, महमद कलाम अन्सारी, जीतसिंह लामा, सुनिलकुमार साह, बृजमोेहन साह, क्यामुदिन मंसुर, सन्तोष श्रेष्ठ, विनोद तुलाधरलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्