जीतपुरसिमरा महोत्सवमा आज डेविड शंकर र प्रमोद जख्मी आउँदै


eShilalekh

२० फाल्गुन २०८०, आईतवार १२:४३

सिमराः नेपाली चलचित्र छक्का पञ्जामा ‘पहिलो नम्बर’ र ‘दर्शन सलाम’ बोलको गीत गाएर चर्चा कमाएका गायक डेविड शंकर आफ्नो सांगीतिक प्रस्तुति लिएर आइतबार जीतपुरसिमरा महोत्सवमा आउँदैछन् । करिब एक दर्जन चलचित्रमा गीत गाएका डेविडले महोत्सवको तेस्रो दिन आफ्ना सांगीतिक प्रस्तुति दिनेछन् ।

डेविडले गाएको छक्का पञ्जा ३ को ‘पहिलो नम्बर’ र छक्का पञ्जा ४ को ‘दर्शन सलाम’ बोलको गीत अहिले पनि चर्चामा छ । उनिसंगै भोजपुरी गायकको रुपमा उदाएका प्रमोद जख्मीले आफ्नो सांगीतिक प्रस्तुति पस्कनेछन् । पछिल्लो समय भोजपुरी गायकको रुपमा निकै ख्याती कमाईरहेका जख्मी विभिन्न सांगीतिक कार्यक्रम र महोत्सवमा सहभागी हुँदै आएका छन् ।

तेस्रो दिनदेखि गायिका तथा उद्घोषक मञ्जु पौडेलको स्थानमा रमेश श्रेष्ठ मेलोडी आउँदैछन् । श्रेष्ठले सांगीतिक प्रस्तुति दिनुका साथै कार्यक्रम संचालन समेत गर्नेछन् । यसअघि उक्त भूमिकामा गायिका पौडेल थिईन् । पौडेलले दुई दिनदेखि महोत्सवको सांगीतिक कार्यक्रम संचालन गरिरहेकी थिईन् ।

महोत्सवमा शनिबारदेखि नृत्यु प्रतियोगिता समेत सुरु भएको छ । प्रतियोगितामा १९ जना प्रतिस्पर्धी सहभागी छन् । प्रतियोगिताको विजेताले ३० हजार, द्धितीयले २० हजार, तृतीयले १० हजार र चौथो हुनेले पाँच हजार नगद प्राप्त गर्नेछन् ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा फाल्गुन २९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्