अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अनेम संघ बाराद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न


eShilalekh

२४ फाल्गुन २०८०, बिहीबार २३:४९

कलैया: ११४औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला (अनेम) संघ बाराले बिहीबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कलैयास्थित एमालेको पार्टी कार्यालयमा संघले कार्यक्रम गरेको हो ।

अन्तरक्रिया कार्यक्रमपछि महिला हिंसा नियन्त्रणका लागि प्रभावकारी भूमिका माग गर्दै संघले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । संघले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।

कार्यक्रममा एमाले बाराकी उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख टिना सुवेदी, अनेम संघ मधेस प्रदेश अध्यक्ष अन्जु नेपाली, एमाले मधेस प्रदेश कमिटी सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिका १४ की वडाध्यक्ष चयन गुरुङ, अनेमसंघ बारा जिल्ला इन्चार्ज ज्ञानु केसीलगायतको उपस्थिति रहेको थियो ।

संघकी अध्यक्ष बन्दना सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव प्रतिमा यादवले गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष बेली पाठकले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्