घण्टीमाई सहकारीद्धारा आयोजित शिविरमा चार सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण


eShilalekh

४ चैत्र २०८०, आईतवार ०९:१४

सिमराः घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित संस्थाको भवनमा आयोजित शिविरमा चार सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

सिमरास्थित तराई मोर्डन हेल्थ केयर अस्पतालको प्राविधिक सहकार्यमा भएको शिविरमा हाडजोर्नी, जनरल, गाईनो, छाला, दाँतसम्बन्धी समस्या भएका नागरिकको स्वास्थ्य परिक्षण गरिएको हो । संस्थाकी सूचना अधिकारी अस्मिता शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवालाई सहज बनाउन शिविरको आयोजना गरिएको र करिब चार सय जनाले सेवा लिएको बताईन् ।

शर्माका अनुसार हाडजोर्नीका एक सय ३४, जनरलका एक सय २९, गाईनोका ७२, दाँतका २७ र छालाका २८ बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा अस्पलताका डा. रवीन्द्र सिंह, डा. अरविन्द झा, डा. सुनिता यादव, डा. प्रशान्त ठाकुर, डा. प्रकाश पौडेललगायतका चिकित्सकले स्वास्थय परिक्षण गरेका थिए ।

संस्थाकी अध्यक्ष कोपिला सिंखडाको अध्यक्षतामा सम्पन्न शिविरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए । शिविरको उद्घाटन समरोहमा संस्थाका पदाधिकारी, सदस्य र कर्मचारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्