परवानीपुर गोल्डकपः आज हेटौडा र रौतहट भिड्दै


eShilalekh

४ चैत्र २०८०, आईतवार ०९:४६

सिमराः तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत आइतबार हेटौडा फूटबल एकेडेमी र चिडिया दह स्टार क्लब रौतहटबीच खेल हुँदैछ । दुई टिमबीचको खेल परवानीपुरस्थित खेल मैदानमा दिँउसो ३ बजेपछि सुरु हुनेछ ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडेमी बिजयी भएको थियो । वीरगन्जले आयोजक शक्ति युवा क्लबलाई टाईब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

प्रतियोगिताको उद्घाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए । चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजकसहित वीरगन्ज युनाइटेड एफसी, वीरगन्ज युथ एकेडेमी, नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट, बागमती फूटबल क्लब सर्लाही, भरतपुर फूटबल क्लब, हेटौंडा फूटबल एकेडेमीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागतरुपमा पुरस्कृत गरिने संचार संयोजक तिवारी यादवले जानकारी दिएका छन् ।

उद्घाटन समारोह

खेल तालिका

प्रतिक्रिया दिनुहोस्