जीतपुरसिमरा क्रिकेट कपः राष्ट्रिय टोलीका अनिल साहले आज कलैयाबाट खेल्दै


eShilalekh

४ चैत्र २०८०, आईतवार १०:०८

सिमराः जीतपुरसिमरा टी–२० क्रिकेट कप प्रतियोगिता अन्तर्गत आइतबार कलैया क्रिकेट क्लब र पर्सा क्रिकेट संघबीच खेल हुँदैछ । जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा दिउँसो १ बजे दुई टिमबीचको खेल हुनेछ ।

कलैयाबाट राष्ट्रिय टोलीका खेलाडी अनिलकुमार साह मैदानमा उत्रने तयारीमा छन् । कलैया क्रिकेट क्लबका सदस्य समेत रहेका साह दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका थिए । पछिल्लो समय राष्ट्रिय टोलीमा उनले देखाएको प्रदर्शन रुचाइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी दुवै टिममा छन् । पर्सामा पनि यु१९ विश्वकप खेलेका हासिम अंसारी छन् । अनुभवी खेलाडीले भरिएको दुवै टिमको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रनले पराजित गरेको थियो । चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्