जीतपुरसिमरा स्पोर्टस् क्लबलाई युवा व्यवसायीले गरे जर्सी सहयोग


eShilalekh

४ चैत्र २०८०, आईतवार १३:०२

सिमराः जीतपुरसिमरा क्रिकेट कपको आयोजक टिम जीतपुरसिमरा स्पोर्टस् क्लबलाई सिमराका युवा व्यवसायीले जर्सी सहयोग गरेका छन् । स्थानीय युवा खेलाडी सम्मिलित आयोजक टिमलाई युवा व्यवसायी सुशिल चौलागाईं, उत्सव नराल र नसिम अख्तरले सहयोगस्वरुप जर्सी उपलब्ध गराएका हुन् ।

चौलागाईंले केटीएम जिन्स, इभान्सु होम अफ वेयर, नरालले भिएक्सएल माइग्रेशन एण्ड एजुकेशन कन्सल्ट्यान्ट, अख्तरले केएसआर मुभिजबाट संयुक्तरुपमा जर्सी सहयोग गरेका हुन् । उनिहरुले क्लबका कप्तान सुरज लामा, आयोजक टिमका संयोजक सोमलाल बम्जन, प्रशिक्षक पंकज शर्मालाई जर्सी हस्तान्तरण गरेका हुन् ।

साथै भिएक्सएल माइग्रेशन एण्ड एजुकेशन कन्सल्ट्यान्टले प्रतियोगिता अवधीभरी पिउने पानी उपलब्ध गराएको छ । सहयोग गर्नेमध्ये अख्तर सिमरा बिजनेश सेन्टरका संचालक हुन् भने चौलागाईंले सोही बिजनेश सेन्टरमा कपडाको व्यवसाय गर्दै आएका छन् । अर्का युवा नरालले सिमरामा भिएक्सएल माइग्रेशन एण्ड एजुकेशन कन्सल्ट्यान्ट संचालन गरेका छन् ।

क्रिकेट खेलाडी र प्रतियोगिता आयोजकलाई प्रोत्साहन गर्नका निम्ति जर्सी युवा व्यवसायी मिलेर सहयोग गरेको चौलागाईंले बताएका छन् । उनले जीतपुरसिमरामा क्रिकेटको गतिविधि बढाउन सकिए राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्