परवानीपुर गोल्डकपः वीरगन्ज युनाइटेड सेमिफाइनलमा


eShilalekh

५ चैत्र २०८०, सोमबार १९:४८

सिमराः वीरगन्ज युनाइटेड क्लब तेस्रो परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । परवानीपुर रंगशालामा सोमबार भएको खेलमा सिमराको नव जनजागृति युवा क्लबलाई १–० ले पराजित गर्दै वीरगन्जले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

वीरगन्जको जीतमा अमर डंगोलले निर्णायक गोल गरे । खेलको पाचौं मिनेटमा अमरले गरेको गोल निर्णायक बन्न पुग्यो । उनि खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनलाई स्थानीय प्रदीप सर्राफले पुरस्कृत गरेका थिए ।

वीरगन्ज युनाइटेडले अब फाइनल प्रवेशका लागि वीरगन्ज युथ एकेडेमीसंग बुधवार खेल्नेछ । आयोजक शक्ति युवा क्लबलाई उद्घाटन खेलमा पराजित गर्दै वीरगन्ज युथ एकेडेमीले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार हानामी एफसी चितवन र बागमती एफसी सर्लाहीबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । चितवन र सर्लाहीको विजेताले फाइनल प्रवेशका लागि बिहीबार हेटौंडा फूटबल एकेडेमीसंग खेल्नेछ । रौतहटलाई पराजित गर्दै हेटौंडा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्