परवानीपुर गोल्डकपः वर्षाका कारण पहिलो सेमिफाइनल खेल स्थगित


eShilalekh

७ चैत्र २०८०, बुधबार १५:४६

सिमराः परवानीपुर गोल्डकप अन्तर्गत बुधबार हुन लागेको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भएको छ । निरन्तर वर्षाका कारण मैदानमा पानी जमेपछि आयोजकले खेल स्थगित गरेको हो ।

पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युथ एकेडेमी र वीरगन्ज युनाइटेड क्लब भिड्न लागेका थिए । तर बिहानैदेखि परेको वर्षा नरोकिएपछि आयोजकले अन्तिम समयमा खेललाई एक दिन पछि धकेल्ने निर्णय गरेको हो ।

आयोजकका अनुसार अब सेमिफाइनलका दुवै खेल बिहीबार हुनेछ । वीरगन्जका दुई टिमबीचको पहिलो सेमिफाइनल खेल दिउँसो १२ बजे र त्यसलगत्तै दोस्रो सेमिफाइनल खेलमा बागमती युवा क्लब र हेटौंडा एकेडेमी भिड्नेछन् ।

शक्ति युवा क्लबद्धारा आयोजित प्रतियोगिताको फाइनल खेल चैत्र १० गते हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

तस्वीरहरुः आयोजक

प्रतिक्रिया दिनुहोस्