बाराका अनिलकुमार साहलाई समेट्दै क्यानले घोषणा गर्यो राष्ट्रिय टोली


eShilalekh

७ चैत्र २०८०, बुधबार १६:३७

सिमराः नेपाल क्रिकेट संघ (क्यान) ले आगामी दुई प्रतियोगिताका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । हालै हङकङमा सम्पन्न त्रिकोणात्मक सिरिजमा सहभागी भएका पाँच खेलाडी परिवर्तन गर्दै क्यानले टोली घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टोलीमा बाराका अनिलकुमार साह समेत छन् । हङकङ सिरिजमा बिश्राम दिइएका खेलाडी समेटेर क्यानले टोली घोषणा गरेको हो । हङकङ गएका आरिफ शेख, सागर ढकाल, लोकेश बम, विनोद भण्डारी र राशिद खानको स्थानमा क्यानले अनिल शाह, आशिफ शेख, कुशल मल्ल, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीलाई टोलीमा फर्काएको हो ।

टोलीले चैत्र १२ र १४ गते घरेलु मैदानमा आयरल्यान्ड वल्भसविरुद्ध दुई टी–ट्वेन्टी खेल्नेछ भने भारतको बरोडा र गुजरातका टिमसंग चैत्र १८ गतेदेखि फ्रेन्डशिप कप खेल्नेछ ।

राष्ट्रिय टोली: रोहित पौडेल (कप्तान), अनिल साह, आसिफ शेख, विवेक यादव, गुलशन झा, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द

प्रतिक्रिया दिनुहोस्