अमेरिकाको टेक्सासमा गैरआवासिय नागरिकताको अवसर र चुनौतीका विषयमा अन्तर्क्रिया


eShilalekh

१८ चैत्र २०८०, आईतवार १०:२७

सिमराः गैरआवासिय नेपाली संघ (एनआरएन) टेक्सास च्याप्टरको आयोजनामा गैरआवासिय नागरिकताको अवसर र चुनौतीको विषयमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । टेक्सासको अर्भिङस्थित भेटघाट रेस्टुरेन्टमा मार्च ३० तारिखमा सम्पन्न कार्यक्रममा नेपाल सरकारले उपलब्ध गराउने गैरआवासिय नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने कानुनी प्रक्रिया र अवसरका विषयमा छलफल गरिएको थियो ।

करिब ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा एनआरएनका फोकल पर्सन सरोज दाहालले सहजीकरण गरेका थिए । दाहालले एनआरएनए नागरिकता प्राप्त गर्नका लागि आवश्यक पर्ने कागजी र कानुनी प्रक्रियाका विषयमा प्रष्ट्याएका थिए । सहभागीको जिज्ञासालाई सम्बोधन गर्दै दाहालले एनआरएनए नागरिकताबाट गर्न सकिने कामका विषयमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा एनआरएनए आईसिसिका महासचिव गौरीराज जोशीले एनआरएन नागरिकताको महत्वका विषयमा चर्चा गरेका थिए । एनआरएनए टेक्सास च्याप्टरको अध्यक्ष दीपेन्द्र गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन एनसिसिका कोषाध्यक्ष सरोज सिग्देल, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, एनआरएनए एनसिसिका युवा संयोजक तेज विनोद पौडेल, टेक्सास च्याप्टरका पूर्वअध्यक्ष सोफिन थापा, पत्रकार किशन रेग्मी, टेक्सास च्यापटरका पदाधिकारी र सदस्यलगायतको उपस्थिती रहेको टेक्सास च्याप्टरका सदस्य रामप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रमको संचालन एनआरएनए टेक्सास च्याप्टरकी महिला संयोजक अनु तमाङले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्