बकुलिया भवानीपुर गोल्डकपः सर्लाही सेमिमा प्रवेश, आज आयोजक र निजगढ भिड्दै


eShilalekh

१८ चैत्र २०८०, आईतवार १०:५५

सिमराः सर्लाहीको एभरेष्ट फूटबल एकेडेमी पाचौं बकुलिया भवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगन्ज युनाइटेड क्लबलाई ३–१ ले पराजित गर्दै सर्लाहीले अन्तिम चारको यात्रा तय गरेको हो ।

सर्लाहीका लाथि रोहित गोले, अमित गौतम र समिर राईले एक–एक गोल गरेका थिए । वीरगन्जका लागि विक्की चौधरीले सान्त्वना गोल फर्काए ।

खेलको प्लेयर अफ दि म्याच सर्लाहीका समिर राई घोषित भए । उनले दुई हजार एक सय नगद प्राप्त गरे । राईलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी र नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय बकुलियाका प्रध्यानाध्यापक धनञ्जय गौतमले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार आयोजक बकुलिया भवानीपुर र निजगढ युवा क्लबबीच खेल हुनेछ । जन कल्याणकारी क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्