डुमरवाना गोल्डकपः भरतपुर फूटबल क्लब सेमिफाइनलमा प्रवेश


eShilalekh

१८ चैत्र २०८०, आईतवार २०:४१

सिमराः भरतपुर फूटबल क्लब तेस्रो डुमरवाना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा १५ स्थित चारपाते मैदानमा आइतबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब बर्दिबासलाई २–१ ले पराजित गर्दै भरतपुर अन्तिम चारमा प्रवेश गरेको हो ।

भरतपुरको जीतमा सन्देश श्रेष्ठ र सरोज दर्लामीले एक–एक गोल गरेका छन् । एपीएफका लागि भने युवराज थापाले एक गोल फर्काए । भरतपुरका दर्लामी प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनल खेलमा एभरेष्ट फूटबल एकेडेमी सर्लाही र वीरगन्ज युनाइटेड भिड्नेछन् । जनमुखी युवा चारपाते क्लबले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । चैत्र २३ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् ।

यसअघि शनिबार भएको खेद्घाटन खेलमा निजगढ एफसीले आयोजकलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्