नेपाल ज्योतिष परिषद् बाराको अध्यक्षमा अधिकारी चयन


eShilalekh

१८ चैत्र २०८०, आईतवार २१:०४

श्रीराम रेग्मी

सिमराः नेपाल ज्योतिष परिषद् बाराको अध्यक्षमा जीतपुरसिमरा २ का युवा ज्योतिष पण्डित नवराज अधिकारी चयन भएका छन् । कलैयास्थित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयमा भएको छैठौं अधिवेशनले अधिकारीलाई अध्यक्ष पदमा सर्वसम्मत् चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कान्छामान वाइवा, मञ्जु सुवेदी, गोविन्द प्रसाद आचार्य, सचिवमा सुशिल खतिवडा, सहसचिवमा सुमन अर्याल र विभूषण खतिवडा, कोषाध्यक्षमा सन्तोष नेपाल र सहकोषाध्यक्षमा तोयनाथ पौडेल चयन भएका छन् ।

यसैगरी समितिको सदस्यमा महेश्वर भण्डारी, मधु गौतम, भरतप्रसाद भुर्तेल, यादव प्रसाद उप्रेती, राजेन्द्र पन्थी, गोविन्द तिमिल्सिना, राजन घिमिरे, कुशल घिमिरे, अनिता रेग्मी, युवराज सुवेदी, शम्भु रिमाल र रिता शर्मालाई चयन गरिएको छ ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय कोषाध्यक्ष एवम् निर्वाचन अधिकृत भुपेन्द्रराज घिमिरेले सर्वसम्मत् चयन भएका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र समेत वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्