बकुलिया भवानीपुर गोल्डकपः निजगढलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश


eShilalekh

१९ चैत्र २०८०, सोमबार ०८:२७

सिमरा: आयोजक जन कल्याणकारी क्लब पाँचौ बकुलिया भवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निजगढ युवा क्लबलाई आइतबार १-० ले स्तब्ध पार्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजकको जीतमा सुशान्त चौधरीले निर्णायक गोल गरे । चौधरी प्लेयर अफ दि म्याच घोषित भए । उनले दुई हजार एक सय प्राप्त गरे ।

प्रतियोगितामा अन्तर्गत सोमबार हर्दी युवा समाज चितवन र एपीएफ क्लब पिलुवाबीच खेल हुनेछ । चैत्र २३ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्