बकुलिया भवानीपुर गोल्डकपः आयोजक फाइनलमा प्रवेश


eShilalekh

२१ चैत्र २०८०, बुधबार १४:३७

बारा : आयोजक जन कल्याणकारी क्लब पाँचौ बकुलिया भवानीपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई १–० ले स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

आयोजको जीतमा खेलाडी मोहित गुरूङले एक गोल गरे । निर्धारित समयमा पर्सागढिले कुनै गोल फर्काउन नसकेपछि गुरूङको गोल आयोजक टिमको लागि निर्णायक बन्यो ।

मोहित चौधरी मेन अफ दि म्याच घोषित भए । उनले दुई हजार एक सय प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधवार हुने खेलमा हरदी युवा समाज चितवन र एभेरेष्ट फुटबल एकाडेमी सर्लाही भिड्नेछन् । जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्