नेकपा (एमाले) बाराको नयाँ नेतृत्वको लागि मतगणना जारी


eShilalekh

२४ चैत्र २०८०, शनिबार १६:३९

बाराः नेकपा (एमाले) बाराको नयाँ नेतृत्वको लागि भएको मतदानको मत गणना जारी छ । शुक्रबार साँझ करिब ५ बजेबाट सुरु भएको मतदान शनिबार विहान ३ बजेसम्म चलेको थियो ।

कलैयास्थित जानकी सिनेमा हलमा मतगणना भईरहेको छ । दिउँसो दुई बजेबाट मतगणना सुरु गरिएको छ । खसेको ७ सय १४ मतलाई सर्टिङ गरेसँगै गणना सुरु गरिएको हो ।

अधिवेशनमा नयाँ नेतृत्वको लागि टिना सुवेदी र अध्यानन्द पाण्डेयले छुट्टाछुट्टै प्यानल खडा गरेर मैदानमा उत्रिएका थिए । लगभग ११ घण्टा चलेको मतदानमा ७ सय १४ मत खसेको छ । अधिवेशनमा १६ पालिकाबाट आठ सय ३० जना प्रतिनिधि मतदाता रहेका छन् । 

यसअघि विहिबार दिउँसोलाई तय भएको मतदान तयारी नपुगेको भन्दै सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्