एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डे विजयी


eShilalekh

२५ चैत्र २०८०, आईतवार ११:५८

बाराः नेकपा एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय बिजयी भएका छन । प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका छन ।

अध्यक्षमा पाण्डेले ३ सय ७७ मत पाउँदा सुवेदीले ३४३ मत ल्याउन सफल भईन । नेकपा एमाले बाराको कुल ८३३ मतदाता रहेकोमा अधिबेशनमा कुल ७२० जनाले मतदान गरेका थिए ।

निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिव अध्यानन्द पाण्डेबीच नेतृत्वको लागि प्रतिस्पर्धा भएको थियो । दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ अध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ ।

सुबेदी प्यानलबाट उपाध्यक्ष, सचिब, उपसचिब र महिला उपसचिब बिजयी भएका छन । पाण्डे समुहका उपाध्यक्ष नारायण गौतमले ३४० मत ल्याउदा सुबेदी प्यानलका भुलन चौधरीले ३६४ मत ल्याई बिजयी भए ।

त्यसैगरी सचिव पदमा सुवेदी प्यानलका अमृत शर्मा बजगांई बिजयी भएका छन । बजगाईले ३६३ मत ल्याउदा प्रतिस्पर्धी म.समिउल्लाहले ३२६ मत ल्याउन सफल भए ।

त्यसैगरी उपसचिव खुल्लामा सुबेदी प्यानलकै जवाहिर अन्सारी बिजयी भएका छन । अन्सारीले ३५७ मत ल्याउदा अर्का प्रतिस्पर्धी धनिराम चौधरीले ३४१ मत ल्याउन सफल भए ।

पदाधिकारी तर्फ महिला उपसचिव भावना आचार्य बिजयी भएकी छिन । आचार्यले ३६८ मत ल्याउदा प्रतिस्पर्धी कमला घिमिरेले ३२५ मत प्राप्त गरिन । सदस्यहरुको मत गणना गर्न बाँकी रहेको छ । सदस्यहरुको मत गणना सोमबार बिहानदेखि गरिनेछ ।

चैत्र १९ गते देखि शुरु भएको ११ औ बारा जिल्ला अधिबेशनमा पटक पटक सहमतिको प्रयास गर्न खोजेपनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्