एमाले बाराको मतगणना जारी, यी हुन् अहिलेसम्म निर्वाचित पदाधिकारी र सदस्य (सूचिसहित)


eShilalekh

२७ चैत्र २०८०, मंगलवार ०९:०५

कलैयाः नेकपा एमालेको ११औं जिल्ला अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनमा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुन भारी मतसहित जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी छिन् ।

कलैयास्थित एमालेको पार्टी कार्यालयमा सोमबार भएको क्लस्टरतर्फको मतगणनाको मतपरिणाम अनुसार खातुनले चार सय ६० मत प्राप्त गरेकी हुन् । मुस्लिम महिलातर्फको क्लस्टरबाट खातुनले उक्त मत पाएकी हुन् ।

क्लस्टरतर्फबाट एमाले जिल्ला कमिटीमा ११ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा मुस्लिम महिला क्लस्टरबाट सिमा खातुन, जनजाती खुल्लातर्फबाट जीतबहादुर चौधरी, धिरेन्द्रप्रसाद चौधरी, मुस्लिम खुल्लाबाट कलामुदिन अंसारी, सेराज महमद, मुस्लिम युवाबाट फरमुल्लाह मंसुर, दलित खुल्लाबाट दशरथ राम, शर्मा बैठा, दलित महिलाबाट फुलमतीदेवी पासवान, मिना सुनार, निर्वाचित भएका छन् ।

यसअघि क्लस्टरबाट आदिवासी जनजाती महिलातर्फ निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, राधाकुमारी महतो, आदिवासी जनजाती खुल्लातर्फबाट जीतपुरसिमरा उपमहानगरपालिका २१ वडाध्यक्ष सुवास श्रेष्ठ, दलित युवाबाट अजय मल्लिक, अपांगता तर्फबाट जीतपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी निर्विरोध निर्वाचित भईसकेका छन् ।

यसैगरी पालिका तहबाट आदर्श कोतवालबाट खुल्लातर्फ लालबाबु प्रसाद यादव, महिलातर्फ लिलादेवी, बारागढीबाट युवातर्फ अञ्जली देवी चौधरी, महिलाबाट धनमाया चौधरी, बिश्रामपुरबाट खुल्लातर्फ नितुदेवी यादव, अपसाना खातुन, महिलाबाट रागिनीदेवी नुनिया, युवाबाट मनुकुमार सिंह, फेटा गाउँपालिकाबाट युवातर्फ सद्धाम अंसारी, जीतपुरसिमराबाट दलितर्फ सुधनदास तत्मा, कलैया उपमहानगरपालिकाबाट महिलातर्फ पुष्पा श्रेष्ठ, प्रतिमाकुमारी यादव, भवानीदेवी दुलाल, लिलावती कुमारी लोहार, दलितर्फ बिजयलाल राम निर्विरोध निर्वाचित भईसकेका छन् ।

यस्तै पालिका तह अन्तर्गत कोल्हबीबाट शिवहरी आचार्य, सुनैनी थरुनी, कमला खरेल, शम्भु साह कलवार, चेतनाथ रिजाल, रामलोचन चौधरी, महागढीमाईबाट सहजनाथ प्रसाद कुशवाहा, चन्द्रदेव प्रसाद चौधरी, मञ्जुर मिया अन्सारी, नैनपति देवी बैठा, पचरौता नगरपालिकाबाट महापतिया देवी दुसादिन, शारदा दास, युवाबाट भैयाराम सहनी, निजगढ नगरपालिका युवा महिलातर्फबाट सरिता सापकोटा, परवानीपुरबाट दलिततर्फ जगदिश राम, सुवर्ण गाउँपालिकाबाट सतपाल प्रसाद यादव, राकेश कुमार साह र जहादा खातुन निर्वाचित भएका छन् ।

यसैगरी लेखा समितिको अध्यक्षमा रमेश सापकोटा, उपाध्यक्षमा जयप्रित लाल यादव, सचिवमा निर्मला बस्नेत, सदस्यमा खुल्लातर्फ मञ्जरुल हक अंसारी, अम्बिका साह तेली, महिलातर्फ मञ्जुदेवी साह, उर्मिला देवी निर्विरोध निर्वाचित भएका छन् । यस्तै मजदुरतर्फबाट मनहरी अधिकारी, हेमराज न्यौपाने, तरकप्रसाद चिमरिया, सरिता नेपाल, मुक्तिप्रसाद चौधरी, रामतपसी साह कानु निर्विरोध भएका छन् ।

एमाले जिल्ला कमिटीको नेतृत्व चयनका लागि चैत्र २३ गते भएको निर्वाचनबाट एक सय २५ सदस्यीय कार्यसमिति चयन हुनेछ । निर्वाचन कमिटीका अनुसार मंगलबारदेखि पालिका तहको मतगणना हुनेछ । पालिका तहबाट ५४ जना निर्वाचित हुनेछन् ।

यसअघि पदाधिकारीतर्फ अध्यक्षमा अध्यानन्द पाण्डे, उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाई, उपसचिव खुल्लामा जवाहिर अंसारी र उपसचिव महिलामा भावना आचार्य निर्वाचित भईसकेका छन् ।

पदाधिकारीतर्फः (निर्वाचित)
अध्यक्षः अध्यानन्द पाण्डे
उपाध्यक्षः भुलन चौधरी
सचिवः अमृत शर्मा बजगाईं
उपसचिव खुल्लाः जवाहिर अंसारी
उपसचिव महिलाः भावना आचार्य

सदस्यतर्फः

मुस्लिम महिला (निर्वाचित)
नसिमा खातुन
सिमा खातुन

जनजाती खुल्ला (निर्वाचित)
जीतबहादुर चौधरी, धिरेन्द्रप्रसाद चौधरी

मुस्लिम खुल्ला (निर्वाचित)
कलामुदिन अंसारी, सेराज महमद

मुस्लिम युवा (निर्वाचित)
फरमुल्लाह मंसुर

दलित खुल्ला (निर्वाचित)
दशरथ राम, शर्मा बैठा

दलित महिला (निर्वाचित)
फुलमतीदेवी पासवान, मिना सुनार

आदिवासी जनजाती महिला (निर्विरोध)
सोममाया थिङ, राधाकुमारी महतो

आदिवासी जनजाती खुल्ला (निर्विरोध)
सुवास श्रेष्ठ

दलित युवा (निर्विरोध)
अजय मल्लिक

अपांगता (निर्विरोध)
भोलाप्रसाद अधिकारी

आदर्श कोतवालबाट (निर्विरोध)
लालबाबु प्रसाद यादव
लिलादेवी

बारागढीबाट (निर्विरोध)
अञ्जली देवी चौधरी,
धनमाया चौधरी

बिश्रामपुरबाट (निर्विरोध)
नितुदेवी यादव
अपसाना खातुन
रागिनीदेवी नुनिया
मनुकुमार सिंह

फेटा गाउँपालिकाबाट युवातर्फ (निर्विरोध)
सद्धाम अंसारी

जीतपुरसिमराबाट दलिततर्फः (निर्विरोध)
सुधनदास तत्मा

कलैया उपमहानगरपालिकाबाट महिलातर्फ (निर्विरोध)
पुष्पा श्रेष्ठ
प्रतिमाकुमारी यादव
भवानीदेवी दुलाल
लिलावती कुमारी लोहार

कलैया उपमहानगरपालिकाबाट दलिततर्फ (निर्विरोध)
बिजयलाल राम

कोल्हबी (निर्विरोध)
शिवहरी आचार्य
सुनैनी थरुनी
कमला खरेल
शम्भु साह कलवार
चेतनाथ रिजाल
रामलोचन चौधरी

महागढीमाई (निर्विरोध)
सहजनाथ प्रसाद कुशवाहा
चन्द्रदेव प्रसाद चौधरी
मञ्जुर मिया अन्सारी
नैनपति देवी बैठा

पचरौता नगरपालिका (निर्विरोध)
महापतिया देवी दुसादिन
शारदा दास
भैयाराम सहनी

निजगढ नगरपालिका महिला युवातर्फ (निर्विरोध)
सरिता सापकोटा

परवानीपुरबाट दलिततर्फ (निर्विरोध)
जगदिश राम

सुवर्ण गाउँपालिकाबाट (निर्विरोध)
सतपाल प्रसाद यादव
राकेश कुमार साह
जहादा खातुन

मजदुरतर्फबाट (निर्विरोध)
मनहरी अधिकारी
हेमराज न्यौपाने
तरकप्रसाद चिमरिया
सरिता नेपाल
मुक्तिप्रसाद चौधरी
रामतपसी साह कानु

लेखा समिति (निर्विरोध)
अध्यक्ष रमेश सापकोटा
उपाध्यक्ष जयप्रित लाल यादव
सचिव निर्मला बस्नेत
सदस्यः मञ्जरुल हक अंसारी, अम्बिका साह तेली, मञ्जुदेवी साह, उर्मिला देवी

प्रतिक्रिया दिनुहोस्