एमाले बाराको मतगणना सम्पन्न, यस्तो छ पाण्डे नेतृत्वको जिल्ला कमिटी (सूचिसहित)


eShilalekh

२९ चैत्र २०८०, बिहीबार १२:१९

कलैयाः नेकपा एमालेको ११औं जिल्ला अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना बुधवार राती सम्पन्न भएको छ । चैत २३ गते भएको निर्वाचनबाट अध्यानन्द पाण्डेको नेतृत्वमा एक सय १८ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखा समिति निर्वाचित भएको छ ।

जिल्ला कमिटीको नेतृत्वका लागि अघिल्लो कार्यसमितिका सचिव पाण्डे र उपाध्यक्ष टिना सुवेदी छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट पाण्डे अध्यक्षमा निर्वाचित हुँदा अन्य पदाधिकारी भने सुवेदी प्यानलबाट निर्वाचित भए ।

अध्यक्ष पदमा पाण्डेले तीन सय ७७ मत प्राप्त गर्दा सुवेदीले तीन सय ४३ मत प्राप्त गरिन् । यसैगरी उपाध्यक्षमा सुवेदी प्यानलका भुलन चौधरीले तीन सय ६४ मत प्राप्त गर्दा पाण्डे प्यानलका नारायण गौतमले तीन सय ४० मत पाए ।

सचिवमा अमृत शर्मा बजगाईं तीन सय ७३ मतसहित निर्वाचित हुँदा एम समिउल्लाहले तीन सय २७ मत प्राप्त गरे । यस्तै उपसचिव खुल्लामा जवाहिर अंसारीले तीन सय ५७ मत पाएर निर्वाचित हुँदा धनिराम चौधरीले तीन सय ४१ मत पाएका छन् ।

उपसचिव महिलामा भावना आचार्यले तीन सय ६८ मत पाएर निर्वाचित हुँदा कमला घिमिरेले तीन सय २५ मत पाएकी थिईन् ।

यस्तो छ अध्यक्ष पाण्डेको नेतृत्वमा निर्वाचित जिल्ला कमिटी र लेखा समितिः

प्रतिक्रिया दिनुहोस्