प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटीको अध्यक्षमा राजु नेपाल चयन


eShilalekh

१६ बैशाख २०८१, आईतवार १४:३२

टेक्सस (अमेरिका): प्रवासी नेपाली मञ्च टेक्सस अमेरिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजु नेपालको अध्यक्षतामा १३ सदस्यीय प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटीको नयाँ नेतृत्व चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा मधुसुदन ज्ञवाली, लक्ष्मण थापा, सचिवमा मनिष थापा, सहसचिवमा साधना पन्त चयन भएका छन् । यसैगरी सदस्यमा भिषण अधिकारी, घनश्याम पोखरेल, रचना प्याकुरेल, बिशाल मरासिनी, गगनदीप जिसी, अर्जुन त्रिपाठी, बिक्रम पाण्डे, बाबुराम काफ्ले र रामप्रसाद अधिकारीलाई चयन गरिएको छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रवासी नेपाल मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष गोपाल कंडेल, अमेरिका महादेश ईन्चाज प्रभु थापा, प्रवासी नेपाली मञ्ज अमेरिकाको क्षेत्रिय संयोजक ईश्वरी भट्ट, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले , एनआरएनए टेक्सस च्यापटरका अध्यक्ष दीपेन्द्र गुरागाईंलगायतको उपस्थिती रहेको थियो । नव निर्वाचित पदाधिकारी एवम् सदस्यलाई प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष थापाले सपथ ग्रहण गराएका थिए ।

यसअघि अधिवेशनको बन्दसत्रमा प्रवासी नेपाली मञ्च राज्य कमिटीका अध्यक्ष लक्ष्मण घिमिरेले प्रस्तुत गर्नुभएको सांगठानिक र आर्थिक विभाग प्रमुख मनोज धितालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्र्वसम्मतले पारित गरिएको थियो ।

घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सदिता प्याकुरेलले गरेकी थिईन् भने स्वगत मन्तब्य राजु नेपालले राखेका थिए ।

अमेरिकाबाट रामप्रसाद अधिकारीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्