कलैयामा मदन–आश्रित स्मृति कार्यक्रम सम्पन्न


eShilalekh

३ जेष्ठ २०८१, बिहीबार २०:०७

धिरेन्द्र तिवारी

कलैयाः मदन–आश्रितको ३१औं स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउण्डेशन बाराले बिहीबार स्मृति सभाको आयोजना गरेको छ । कलैयास्थित नेकपा एमालेको पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् सविधानसभाका सदस्य बलवीर चौधरी, केन्द्रीय सदस्य एवम मधेस प्रदेशसभा सदस्य महम्मद समीर, एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा एमाले मधेस प्रदेश सदस्य एवम् कलैया उपमहानगरपालिका २७ का अध्यक्ष अशोक तिवारी, प्रदेश सदस्य सुनिल पाल, जिल्ला उपाध्यक्ष भुलन चौधरी, पूर्व उपाध्यक्ष टिना सुवेदी, जिल्ला सचिव सृजन बजगाईं, सहसचिव जवाहिर अंन्सारीलगायत जिल्ला कमिटीका सदस्यको उपस्थिती रहेको थियो ।

मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य राम महम्मद रायको अध्यक्षतामा सपन्न कार्यक्रमको संचालन पुरुषोत्तम साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्