होली स्टार किड्स क्लबको १०औं अधिवेशन सम्पन्न


eShilalekh

३ जेष्ठ २०८१, बिहीबार २०:५३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुको क्लब होली किड्सको १०औं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सायरा थिङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रत्येक वर्ष चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्दै आएको क्लबले यसपटक सर्वसम्मत् कार्यसमिति चयन गरेको छ ।

क्लबको नयाँ नेतृत्वमा चयन भएका विद्यार्थीलाई प्रिसिन्पल भुवन राईसहित शिक्षकले खादा र अबिर लगाएर बधाई दिएका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई रचनात्मक भूमिकामा सक्रिय बनाउनका लागि क्लबले विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्