बुद्ध जयन्तिको अवसरमा अमेरिकाको ड्यालसमा धार्मिक कार्यक्रम सम्पन्न


eShilalekh

८ जेष्ठ २०८१, मंगलवार १३:०७

ड्यालस (अमेरिका): बुद्ध जयन्तीको अवसरमा अमेरिकाको टेक्सस राज्यमा पर्ने ड्यालसमा धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । नेप्लिज बुद्धिस्ट एशोसिएसन टेक्सस र नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रको संयुक्त आयोजनामा प्रभातफेरीसहित कार्यक्रम गरिएको हो ।

कार्यक्रमका अवसरमा भगवान बुद्धको मूर्तिसहित निकालिएको सांस्कृतिक झाँकीले पशुपतिनाथ तथा बुद्ध मन्दिर परिक्रमा गरेको थियो । झाँकीमा बौद्ध धर्मका गुरु, कलासंस्कृति झल्किने भेषभूषा झाँकीसहित नेपाली समुदाय सहभागी भएका थिए ।

टेक्सस राज्यका सांसद सलमान भोजनीद्धारा उद्घाटन गरिएको तीन दिने कार्यक्रममा युलेस सिटी काउन्सिलका सदस्य, एनआरएनए एनसीसीका उपाध्यक्ष नेत्र पाण्डे, भानु खरेल, एनआरएनए एनसीसी अमेरिका टुरिजम एण्ड ट्रेड डेभलपमेन्टका अध्यक्ष सविन्द्र थापा, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव बिजय भुषाल, एनआरएनए टेक्सस च्यापटरकी महिला संयोजक अनु तमाङ, सदस्य राजेश अधिकारी, रामप्रसाद अधिकारी, ड्यालस बुद्व लायन्स कल्बका नारायण त्रिपाठी, लुम्बिनी समाज लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

कार्यक्रमका लागि फ्लोरिडा र टेक्ससका सात जना बौद्ध भिक्षु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्