संगसंगै सहकारीद्धारा निःशुल्क आँखा र दन्त शिविरको आयोजना


eShilalekh

२० जेष्ठ २०८१, आईतवार १४:५२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया स्थित संगसंगै बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा दन्त शिविरको आयोजना गरेको छ । १३औं स्थापना दिवसका अवसरमा संस्थाले शिविरको आयोजना गरेको हो ।

ओम शान्ति डेन्टल प्रालिको प्राविधिक सहयोगमा पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा आयोजित शिविरमा दुई सय ११ जनाले दाँत तथा आँखाको परीक्षण गराएका थिए ।

संस्थाका अध्यक्ष भुवन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शरण कार्की, मदन कंसकार, बिजय रञ्जितकार, मञ्जु बानियाँ, कुमारी लामा, भीम श्रेष्ठ, कृष्ण खतिवडा, उपकार क्षेत्रीसहित संचालक सदस्य र कर्मचारीको उपस्थिती रहेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यसअघि पनि विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्