राष्ट्रिय क्रिकेट खेलाडीको सम्मानमा अमेरिकाको टेक्ससमा रात्री भोजको आयोजना


eShilalekh

२१ जेष्ठ २०८१, सोमबार १८:२७

रामप्रसाद अधिकारी

अमेरिका (ड्यालस): आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकाको टेक्ससमा रहेको नेपाली राष्ट्रिय टोलीको सम्मानमा स्वागत तथा रात्री भोज कार्यक्रमको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले क्रिकेट खेलाडीलाई स्वागत तथा सम्मान गरेको हो ।

जुन ४ गते नेदरल्याण्डविरुद्ध पहिलो खेल खेल्दै विश्वकप सुरुवात गर्न लागेको टोलीलाई उर्जा र हौसला प्रदान गर्न एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कार्यक्रमको आयोजना गरेको टेक्सास च्यापटका अध्यक्ष दिपेन्द्र गुरागाईंले बताए । कार्यक्रममा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, कप्तान रोहित पौडेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै कप्तान पौडेलले नेपाली खेलाडीको हौसल बढाउन मैदानमा उपस्थित हुन अमेरिकास्थित नेपाली दर्शकलाई आग्रह गरेका थिए । कार्यक्रममा एनआरएनका विभिन्न तहका प्रतिनिधि, संचारकर्मीलगायतको उपस्थिती रहेको एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्