मधेस प्रदेशमा पहिलो पटक जनमत नेतृत्वको सरकार बन्दै, सिंहले १२ बजे मुख्यमन्त्रीको सपथ लिने


eShilalekh

२५ जेष्ठ २०८१, शुक्रबार १०:११

सिमराः जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंहले मुख्यमन्त्री नियुक्त गर्न मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष शुक्रबार बिहान दावी पेश गरेका छन् । सिहंले जनमतसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका हुन् ।

सिंहलाई मुख्यमन्त्रीका लागि यी दलका ५५ सांसदले समर्थन गरेका छन् । एक सय सात सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्रीका लागि दावी पेश गर्न ५४ सांसदको समर्थन आवश्यक छ ।

यसअघि बिहीवार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि उनि नेतृत्वको जसपा सरकार ढलेको थियो । मधेस प्रदेशमा जसपा सरकार ढलेको पहिलो पटक हो ।

सपथ ग्रहण आजै
मुख्यमन्त्रीका लागि दावी पेश गरेका सिंहलाई मधेस प्रदेश प्रमुखको कार्यालयले दिउँसो १२ बजे सपथ खुवाउने तयारी गरेको छ । मुख्यमन्त्रीसंगै प्रदेश सरकारका अन्य सात मन्त्रीले पनि सपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्