बारा र पर्साका हावाहुरी पीडितलाई राहत दिन माग


eShilalekh

२९ जेष्ठ २०८१, मंगलवार १५:०४

सिमरा: आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बारा र पर्साका हावाहुरी पीडितलाई राहत दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभामा बोल्दै उनले जेठ २५ गते बारा, पर्सामा गएको भीषण हावाहुरीले कैयौं घर उडाएको र दर्जनौं घाइते भएको बताए । आँप र लिचीका रुख ढल्दा किसान मर्कामा पर्दा समेत राहतको कुनै चाँजोपाँजो नसुनेको उनले भने ।

पीडितहरूकालागी राहत माग गर्दै भत्केका घर पुनर्निर्माण गर्न, फलफूल र खाद्यान्न नष्टको क्षतिपूर्तिको व्यवस्थाका लागी समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्