एमाले निजगढको नेतृत्व चयन गर्न मतदान जारी


eShilalekh

२२ बैशाख २०८२, सोमबार १२:१०

सिमरा: नेकपा एमाले निजगढ नगर कमिटीको नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा साँझ ५ बजेसम्म मतदान हुनेछ ।

नगर कमिटीको एक उपसचिव (महिला) र  ५० सदस्य निर्विरोध चयन भएपनी अध्यक्षसहितको अन्य पदाधिकारी चयनका लागि निर्वाचन भएको हो । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र एक उपसचिव निर्वाचित हुनेछन् ।

अध्यक्ष पदमा तिलक घलान र जयराम कुँवरबीच प्रतिस्पर्धा हुँदैछ । दुवै युवा उम्मेदवार हुन् ।

उपाध्यक्ष पदमा जीतबहादुर तामाङ र सम्झना थापा लामिछानेले उम्मेदवारी दिएका छन् भने सचिव पदमा थानेश्वर सापकोटा र प्रेमबहादुर कार्कीको उम्मेदवारी परेको छ ।

एक उपसचिव खुल्ला पदका लागि चार जनाको उम्मेदवारी परेको छ । उपसचिव पदका लागि पुरुषोत्तम भट्टराई, हरि बर्तौला, बिजय तिमिल्सिना र सुरेश शर्माले उम्मेदवारी दिएका छन् ।

उपसचिव (महिला) पदमा जानुका न्यौपाने (जगतकुमारी) निर्विरोध चयन भइसकेकी छिन् । यसैगरी २३ जना खुल्ला सदस्य, १३ जना महिला सदस्य, १० जना युवा सदस्य, तीन जना दलित सदस्य र अपांगता क्षेत्रबाट एक जना गरि ५० सदस्य निर्विरोध चयन भइसकेका छन् ।

मतदानमा दुई सय ९८ मतदाता सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्