राष्ट्रिय युवा संघको निर्वाचनमा बाराका मोबिन आलमले दिए सचिवमा उम्मेदवारी

सिमराः नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा बाराका मोबिन आलमले सचिव (मधेसी) पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरामा जारी अधिवेशनमा आलमले अध्यक्षका उम्मेदवार क्षितिज थेवेको समूहबाट सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएसंगै आलमले आफूलाई बिजयी गराउन अपिल समेत गरेका छन् ।
आलम नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत सचिव चयन भएका थिए । उनी पूर्वसांसद नेजमा खातुन र एमाले नेता स्वर्गीय महमुद आलमका छोरा हुन् ।
नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुदैछ । सर्वसम्मत् नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो । अध्यक्षका पदमा निवर्तमान अध्यक्ष थेवे र निवर्तमान महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने भएको छ ।