गणतन्त्र दिवस: मैत्रीपूर्ण फूटबलमा जीतपुरसिमराका कर्मचारी बिजयी


eShilalekh

१५ जेष्ठ २०८२, बिहीबार २२:१६

सिमरा: गणतन्त्र दिवसका अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता आयोजना गरिएको छ ।

सिमरा रंगशालामा बिहीवार साँझ आयोजना गरिएको खेलमा कर्मचारी ३-१ ले बिजयी भएको छ ।

कर्मचारीको जीतमा सुधन चौधरीले दुई र रामकृष्ण श्रेष्ठले एक गोल गरेका थिए । जनप्रतिनिधिका लागि शेखरकाजी रुम्बाले एक गोल फर्काए ।

जनप्रतिनिधि नगर प्रमुख राजन पौडेल र कर्मचारी प्रमुख प्रशासकीय अधिकृत शान्तीराज प्रसाईको कप्तानीमा मैदानमा उत्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्