भ्रष्टाचार मुद्दाको खबरपछि रौतहटबाट काठमाडौं फर्कदै पूर्वप्रधानमन्त्री नेपाल


eShilalekh

२२ जेष्ठ २०८२, बिहीबार १५:२९

गौरः नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार रौतहटको गौरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम बीचमै छाडेर काठमाडौं फर्कन लागेका छन् ।

कार्यक्रम चलिरहेका बेला उनैसँग जोडिएको पतञ्जली जग्गा खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएको खबर सुनेपछि नेता नेपाल काठमाडौं फर्कन लागेका हुन् । उनी रौतहटबाट हुलाकी मार्ग हुँदै सिमरा आउन लागेका छन् ।

नेता नेपाल ४ः३० बजेको विमानबाट काठमाडौं जाने बुझिएको छ । नेता नेपाल केही घण्टाअघि मात्रै काठमाण्डौंबाट सिमरा आएका थिए । नेता नेपाललाई सिमरा विमानस्थलमा एकीकृत समाजवादीका नेताकार्यकर्ताले स्वागत गर्दै रौतहटका लागि विदा गरेका थिए ।

रौतहट पुगेपछि घटनाबारे थाहा पाएका नेता नेपालले जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्