छैठौं बकुलिया भवानीपुर गोल्डकपः आयोजक जनकल्याणकारी क्लब सेमिफाइनलमा प्रवेश

सिमराः आयोजक जनकल्याणकारी क्लब छैठौं बकुलिया भवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अलटोकी क्लब चन्द्रपुरलाई ३–२ ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको प्लेयर अफ दि म्याच आयोजकका कप्तान चतुर्धन चौधरी घोषित भए । प्रतियोगिता अन्तर्गत बुधवार पहिलो सेमिफाईन खेल हुनेछ । पहिलो सेमिफाइनल खेलमा एन्फा मकवानपुर र मौवादेवी युवा क्लब बडहर्वा भिड्नेछन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को सहयोगमा आयोजित प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ । प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका थिए ।