एन्टारटिका बिस्कुटको आधिकारिक ट्रेड युनियन निर्वाचनमा जिफन्ट आवद्ध व्हिन बिजयी

हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टारटिका बिस्कुट प्रालिमा शुक्रबार आधिकारिक ट्रेड युनियन निर्वाचनमा समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) बिजयी भएको छ । नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध व्हिन ७७ मतको मतान्तरले बिजयी भएको हो ।
व्हिनले एक सय ९९ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघले एक सय २२ मत प्राप्त गरेको थियो । निर्वाचनमा तीन सय २१ श्रमीक मतदाता सहभागी भएका थिए ।
निर्वाचनमा बिजयी भएको व्हिनले औद्योगिक क्षेत्रमा बिजयउत्सव गरेको थियो । उक्त कार्यक्रममा व्हिनका केन्द्रीय अध्यक्ष आनन्द थामी, जिफन्ट बागमतीका उपाध्यक्ष अर्जुन अर्याल, व्हिन जिल्ला अध्यक्ष केशव अधिकारी, जिफन्ट नगर अध्यक्ष शम्भु लामालगायत श्रमिक नेताले शुभकामना दिएका थिए ।
शुभराज थिङ्गको अध्यक्षतामा सम्पन्न बिजय उत्सव कार्यक्रमको सहजीकरण बिश्वराज बजगाईले गरेका थिए ।