बाराकी अनु माझी साफ यु–१७ महिला फुटबल टोलीमा समावेश

सिमराः निजगढकी अनु माझी साफ यु–१७ महिला फुटबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा समावेश भएकी छिन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार घोषणा गरेको २३ सदस्यीय टोलीमा माझी पनि समावेश भएकी हुन् ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा भुटानमा यही अगस्ट २० देखि ३१ गतेसम्म हुने च्याम्पियनसिपमा नेपालसहित आयोजक भुटान, भारत र बङ्गलादेशको सहभागिता रहनेछ ।
उदीयमान खेलाडी माझीको यो चयन निजगढलगायत सिंगो बाराका लागि गर्वको विषय बनेको छ ।