राप्रपा निजगढ वडा नं. १, २ र ३ को अधिवेशन सम्पन्न


eShilalekh

१ भाद्र २०८२, आईतवार १६:३२

निजगढ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढ नगरपालिकाको वडा नं. १, २ र ३ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन वडा नं. २ स्थित सिङ्गोलको सभा हलमा नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य विनोद भारती रहेका थिए। त्यस्तै मधेस प्रदेश सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य शेसा सापकोटा, किसान संगठनका केन्द्रीय सदस्य निर्मल खड्का, प्रदेश क्षेत्र नं. १ का अध्यक्ष भक्त दर्लामी, जिल्ला निर्वाचन समितिका सदस्य नेत्रप्रसाद गौतमलगायतको उपस्थिति थियो।

अधिवेशनबाट वडा नं. १ को अध्यक्षमा चनमति थापा, उपाध्यक्ष धनमाया कार्की, सचिव चेतबहादुर खत्री, कोषाध्यक्ष सिर्जना कार्की, सहसचिव सुनिता भण्डारीसहित १५ सदस्यीय कार्यसमिति चयन भएको छ।

वडा नं. २ मा अध्यक्ष रेजिना सापकोटा, उपाध्यक्ष रिता राई, सचिव हिरा विक, कोषाध्यक्ष दुधलाल स्याङ्तान, सहसचिव चन्द्रबहादुर मगरसहित १५ सदस्यीय समिति बनेको छ।

त्यस्तै वडा नं. ३ मा अध्यक्ष घनबहादुर लो, उपाध्यक्ष रूपबहादुर घलान, सचिव मानबहादुर वाइबा, कोषाध्यक्ष राजु हुमागाईसहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ।

कार्यक्रम सञ्चालन नगर प्रवक्ता केशव राउतले गरेका थिए भने स्वागत मन्तव्य वडा नं. १ का अध्यक्ष हिरा विकले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्