एमालेको नीति र नेतृत्वमा कुनै द्विविधा छैन: प्रदेश सचिव पौडेल


eShilalekh

१ भाद्र २०८२, आईतवार १६:४६

सिमराः नेकपा एमालेका मधेश प्रदेश कमिटी सचिव मनोज पौडेलले पार्टीको नीति र नेतृत्वमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका १९ को वडा कमिटी बैठकलाई सम्बोधन गर्दै पौडेलले एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमतसहित निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गरे ।

‘एमाले जनतासँग जोडिएको पार्टी हो, त्यसैले अहिले पनि जनताले एमालेलाई विश्वास गरेको देखिन्छ’ पौडेलले भने । बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य देवनारायण चौधरीले मिशन ८४ पूरा गर्न सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

बैठकले वडाको दोस्रो अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको वडा कमिटीका अध्यक्ष सुदनदास तत्माले जानकारी दिए ।

बैठकमा जिल्ला सचिवालय कमिटी सदस्य रमेश चौधरी, नगर कमिटी उपसचिव अलोपिया चौधरी, नगर कमिटी सदस्य नजरुल अन्सारीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्